
पोखरा/ जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत विहीबार दिउँसो १ बजेसम्म देशभरका मतदानका केन्द्रमा साढे ४४ लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दिउँसो १ बजेसम्म मुलुकभर ४४ लाख ५५ हजार ७९० मत खसेको हो।
प्रतिशतका हिसाबले देशभर उक्त समयसम्म २४ प्रतिशत मत खसेको छ । तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ८ लाख ६८ हजार ३६९ मत खसेको छ। यसपछि कोसी प्रदेशमा ८ लाख २७ हजार २८७ मत खसेको छ। यस्तै मधेसमा ७ लाख २० हजार ७५२ र बागमतीमा ४ लाख ७३ हजार ७७ भोट खसेको छ।
बागमती प्रदेशको यो तथ्यांक भने काठमाडौँ उपत्यकाका ३ जिल्लाबाहेकको हो। यसैगरी सुदूरपश्चिम प्रदेशमा ४ लाख ३१ हजार ७६०, कर्णालीमा ३ लाख १७ हजार ९२० र गण्डकीमा ३ लाख ९३ हजार ९८७ मत खसेका छन्।
हेनुहोस् तथ्यांक






