पोखरा/ प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीनै निर्वाचन क्षेत्रमा बिहीबार दिउँसो २ बजेर १० मिनेटको समयसम्म ४३.२७ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाता उत्साहजनक रुपमा सहभागी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ६९ हजार २७६ महिला, ६४ हजार २४० पुरुष र एकजना अन्य गरी १ लाख ३३ हजार ५१७ मत खसेको छ । मतगणनाको तयारी गरिनेछ।
कास्की–१ मा १ लाख १६ हजार ८७८ मतदाता रहेका छन्। यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसबाट तिलक बहादुर रानाभाट, नेकपा एमालेबाट वैन बहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खडकराज पौडेल उम्मेदवार छन्।
कास्की–२ मा ८४ हजार १३३ मतदाता छन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट माधव प्रसाद वांस्तोला, नेकपा एमालेबाट रश्मि आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, नेपाल मजदुर किसान पार्टीबाट बिनिता अवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजंग गुरुङलगायत उम्मेदवार छन्।
कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता छन्। यस क्षेत्रमा नेपाली कांग्रेसबाट मनोज गुरुङ, नेकपा एमालेबाट दामोदर पौडेल बैरागी, नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्जुनप्रसाद खनाल, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री प्रतिस्पर्धामा छन्।





