म्याग्दी/म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५४ प्रतिशत मत खसेको छ । जिल्लामा २५ हजार एक सय १८ महिला र २१ हजार सात सय ७४ पुरुष तथा एक जना अन्य गरी कुल ४६ हजार आठ सय ९३ मत खसेको हो ।
जिल्लामा खसेको मत कुल मतदाताको ५४ प्रतिशत हो । एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ गरी कुल ८६ हजार ३ सय ९७ मतदाता कायम भएका थिए ।
निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल रहेको म्याग्दीमा २ अस्थायीसहित १ सय २२ मतदान केन्द्र कायम गरिएको छ । एक जना स्वतन्त्र उम्मेदवारसहित १२ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्





