सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङमा ५० प्रतिशत मत खस्यो

कुल मतदाता मध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको हो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८२, बिहिबार
बानपा-७ स्थित विश्वकर्मा मावि मतदान केन्द्र ।

बागलुङ / प्रतिनिधी सभा सदस्यको लागि विहिवार भएको मतदानमा बागलुङमा ५०.१९ प्रतिशत मत खसेको छ । जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए ।
उनका अनुसार कुल मतदाता मध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको हो । जिल्लामा कुल १ लाख ९३ हजार ३८१ मतदाता छन् । १० स्थानीय तह रहेको बागलुङमा अहिले दुवै निर्वाचन क्षेत्रका मत पेटिका संकलन भइरहेको छ । राती अवेरसम्म मतपेटिका संकलन भइसक्ने र भोली विहानबाट मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->