सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काठमाडौं-३ मा कुलमानलाई उछिन्दै राजु पाण्डेको अग्रता

काठमाडौं-३ मा कुलमानलाई उछिन्दै राजु पाण्डेको अग्रता

पछिल्लो मतपरिणाम अनुसार पाण्डेले २ हजार ९ सय ६० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका घिसिङले २ हजार ७० मत पाएका छन्।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८२, शुक्रबार

काठमाडौं / काठमाडौं क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन्। उनले उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पछि पारेका हुन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार पाण्डेले २ हजार ९ सय ६० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका घिसिङले २ हजार ७० मत पाएका छन्। यस क्षेत्रमा प्रमुख राजनीतिक दलहरू भने निकै पछाडि देखिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल ५ सय ८३ मतसहित तेस्रो स्थानमा छन्।

नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ४ सय ५६ मत मात्र प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुन्दर राम बोहोराले ७३ मत र नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले ४९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->