तस्बिर : विजय राना
म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका वडा नं. १, २, ३ तथा धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ३ हजार ३ सय ७५ मत पाउँदा उनलाई पछ्याईरहेका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ४ सय ५० मत प्राप्त गरेका छन् ।
तेस्रोमा रहेका नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले १ हजार १ सय ६४ र नेकपाका अर्जुन थापाले १ हजार २ सय ३७ मत प्राप्त गरेका छन् । अहिलेको वडा नं. ४ ओखरबोट र वडा नं. ५ देवीस्थानको मतगणना जारी छ ।





