सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने तेस्रोपटक विजयी

चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने तेस्रोपटक विजयी

लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले हराएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

पोखरा / चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । यो समेत उनी त्यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् ।

लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले हराएका हुन् । यसअघि रवि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि भारी मतले विजयी भएका थिए भने नागरिकता प्रकरणका कारण पद गएपछि २०८० मा पुनस् भएको उपनिर्वाचन पनि उनले झन् बढी भोट ल्याएर जितेका थिए ।

यसपटकको चुनावमा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->