
म्याग्दीमा विजयी स्वतन्त्र उम्मेदवार महावीर पुन । तस्बिर : अमृत बास्कुने
म्याग्दी/उम्मेदवारी दर्तापछि निकै प्रतिस्पर्धी भनेर प्रचार गरिएकै उम्मेदवारले पनि आफ्नो जमानत जोगाउन सकेनन् । म्याग्दीमा एक स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएको भएपनि ९ जनाले जमानत जोगाउने मत ल्याउन सकेनन् ।
विजयी हुने महाविर पुन, दोश्रो हुने हरिकृष्ण श्रेष्ठ र तेश्रो हुने कर्णबहादुर भण्डारीले जमानत जोगाएको भएपनि अन्यले जोगाउन सकेनन् ।
जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने भएपनि नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले तीन हजार पाँच सय २९ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले एक हजार ५ सय ३०, राप्रपाका डम्भरबहादुर सुवेदी २५२, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेले १८५, श्रम संस्कृति पार्टीका बिनोद रानाले १२७, प्रगतिशिल लोकतान्त्रीक पार्टीका देवेन्द्र कामी ३८, नेशनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले २७, जनमोर्चाका छेमबहादुर बिकले २२ र मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामाले ५ मत पाएकोले जमानत जोगिन सकेन ।
मुख्य निर्वाचन अधिकृत सुर्यवहादुर थापाका अनुसार, सदर मत ४३ हजार १ सय ६० को दश प्रतिशत मत नआउने उम्मेदवारको जमानत जफत हुन्छ ।





