शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २५ २०८२, सोमबार

काठमाडौं/ नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले सोमबार शपथ लिएका छन्। सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराए ।

राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो। उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ। यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११ माघमा निर्वाचन भएको हो।

एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए। उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन्। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->