सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २५ २०८२, सोमबार

गोरखा/प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८ सय ९६ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

गुरुङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् । कांग्रेस उम्मेदवार खत्रीले १५ हजार ३ सय ९८ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र लामिछानेले ३ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->