सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जर्मन राजदूत युडो र महानगरका मेयर धनराजबीच भेटवार्ता

जर्मन राजदूत युडो र महानगरका मेयर धनराजबीच भेटवार्ता

नगर प्रमुख आचार्यले पोखरामा पर्यटन पूर्वाधारको निर्माण, सांस्कृतिक आदानप्रदान र जर्मनका नगरहरूसँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको उल्लेख गर्दै यसका लागि आवश्यक पहल तथा प्रयत्न गर्न राजदूत युडोलाई अनुरोध गरे ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०८२, बुधबार

पोखरा/नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन् । पोखरा महानगरपालिकामा भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको पोखरा महानगरले जानकारी दिएको छ ।

भेटका क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा पोखरामा सञ्चालित परियोजनाहरूको प्रगतिबारे जानकारी गराउँदै कतिपय नीतिगत विषयहरू कार्यान्वयनको चरणमा रहेको बताएका थिए । जर्मन सरकारको स्वामित्वमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणलाई बढवा दिँदै जर्मन सहयोग नियोग जीआइजेडको सहयोगमा पोखरामा तयार गरिएको पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको उनले जानकारी गराए ।

नगर प्रमुख आचार्यले पोखरामा पर्यटन पूर्वाधारको निर्माण, सांस्कृतिक आदानप्रदान र जर्मनका नगरहरूसँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको उल्लेख गर्दै यसका लागि आवश्यक पहल तथा प्रयत्न गर्न राजदूत युडोलाई अनुरोध गरे ।

जवाफमा राजदूत युडोले आफू पहिलो पटक पोखरा आएकाले यो सहर आफूलाई निकै सुन्दर लागेको अनुुभूति सुनाए । उनले पोखराको थप विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा मिलेर काम गर्न सकिने पनि बताए । नेपाल र जर्मनीको कुटनैतिक सम्बन्ध लामो समयदेखि पारस्परिक हित र सहकार्यमा आधारित रहेको बताउँदै राजदूत युडोले पोखरामा उर्जा दक्षता अभिवृद्धि, वातावरणीय सुधार, पर्यटन प्रवद्र्धन तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने गरी थप सहकार्यको पहल गर्ने वचन दिए ।

भेटवार्तामा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतिलाल तिम्सिना, महानगरको वैदेशिक सम्बन्ध विभाग प्रमुख सुवास ढुङ्गानालगायत सामेल भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->