शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जीप दुर्घटनामा सात जना घाइते

जीप दुर्घटनामा सात जना घाइते


  • ढाेरपाटन संवाददाता
  • चैत्र ४ २०८२, बुधबार
फाइल तस्विर

बागलुङ/बागलुङमा पिकअप जीप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–४ रात्माटामा दुर्घटनामा परेको हो ।

तीव्र गतिमा गुडेको जीप अनियन्त्रित भई सडकको बायाँतर्फको नालीमा पल्टिँदा चालक गलकोट नगरपालिका–३ का २५ वर्षीय यादव खत्रीसहित ७ जना घाइते भएका हुन् । घाइतेको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते चालक खत्रीको दाहिने हात, गलकोट नगरपालिका–९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर केसीको टाउको र दाहिने हात, गलकोट नगरपालिका–३ हटियाकी ७३ वर्षीया दिलकुमारी सहनीको घाँटी र दाहिने हात, गलकोट नगरपालिका–४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्रीको टाउकोमा सामान्य चोट लागेको छ ।

यस्तै, गलकोट नगरपालिका–७ बामियाँका २४ वर्षीय रोशन थापाको टाउको र बाँया हात, गलकोट नगरपालिका–३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनीको घाँटी र गलकोट नगरपालिका–३ हटियाका २२ वर्षीय करण सहनीको नाकमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्तजंग पाण्डेले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->