बागलुङ/सामजिक तथा युवाहरुको क्षमता विकासमा सक्रिय रोट्रयाक्ट क्लब अफ बागलुङले रोट्रयाक्ट सप्ताह गर्ने भएको छ । क्लबले चैत ५ गते बिहिवारदेखि सप्ताह गर्न लागेको हो ।
क्लबका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा बसेको बैठकले बिभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह गर्न लागेको क्लवले जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्र्तगत चैत ५ गते धौलागिरि बहुुमुखी क्याम्पसमा शेयर मार्केट सम्बन्धी तालिम, ६ गते सदाशिव आधारभुत विद्यालय बानपा–६ भान्सामा प्राथमिक उपचार बक्स प्रदान, ७ गते पर्यटकीय स्थल रायँरायकोटमा सरसफाई, डस्विन तथा सचेतना बोर्ड व्यवस्थापन गर्ने कार्यक्रम रहेको क्लबका सचिव मनोज गौतमले जानकारी दिए ।
यसैगरी चैत ८ गते ट्राफिक सचेतना कार्यक्रम, ८ गते मानवसेवा आश्रममा रहेको आश्रीतका लागि बेलुकीको खाना, १० गते आँखा उपचार शिविर र अन्तिम दिन समापन समारोह गरिने सप्ताहका मुल संयोजक एवँ क्लवका आगामी अध्यक्ष आरती रोकाले जानकारी दिइन् ।
शेयर मार्केट सम्वन्धी तालिमका लागि विवेक केसी, प्राथमिक उपचार बक्स प्रदान कार्यक्रमका लागि असिमजंग क्षेत्री, रायँरायकोटमा सरसफाई, डस्विन तथा सचेतना बोर्ड व्यवस्थापन कार्यक्रमका लागि जमुना थापा, ट्राफिक सचेतना कार्यक्रमका लागि धिरज पुनलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
यस्तै मानवसेवा आश्रममा बेलुकीको खानाका लागि तारा केसी, आँखा उपचार शिविरका लागि साजन पाण्डे र समापन समारोहका लागि मनोज गौतम र कुशल कँडेललाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष सुनिल गौतमले बताए ।





