सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुटकेशमा फेला परेको शव पहिचान हुन सकेन, १ पक्राउ

सुटकेशमा फेला परेको शव पहिचान हुन सकेन, १ पक्राउ

‘घटनाबारेमा अनुसन्धान हुँदैछ । हामीले एक जनालाई पक्राउ गरेका छौं । तर, महिलाको पहिचान भने हुन सकेको छैन,’ डिएसपी क्षेत्रीले भने, ‘पोष्टमार्टम भएको छ, प्रतिवेदन आउन बाँकी छ । अन्यको खोजी कार्य भइरहेको छ ।’


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८२, शनिबार

पोखरा/पोखरामा महिलाको हत्याको आरोपमा एक पुरुष पक्राउ परेका छन् । गत फागुन १७ गते पोखरा–१७ ड्यामसाइडनजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । हत्याको एक महिना हुँदा समेत महिलाको पहिचान हुन सकेको छैन । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी काटेर सुटकेशमा राखी फालिएको थियो ।

सिसिटिभि फुटेजअनुसार दुई पुरुषले महिलालाई सुटकेसमा हाली मोटरसाइकलमा लगेको देखिएको छ । सोही प्रमाणको आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले एक जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान भने प्रहरीले खुलाएको छैन । घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतका अनुसार महिला को हुन् भन्ने अझै यकिन भएको छैन । फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको थियो ।

प्रहरीका अनुसार २२ देखि २५ वर्ष उमेरकी देखिने ती युवतीको घाँटीमा विनोद र बायाँ हातमा महाकाल, आधा शिव र त्रिशुलको ट्याटु खोपिएको छ । युवतीको शवको पोस्टमार्टम भएको र हाल शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शवको प्रारम्भिक जाँचबाट युवती महिनावारीको अवस्थामा रहेको समेत देखिएको छ ।

‘घटनाबारेमा अनुसन्धान हुँदैछ । हामीले एक जनालाई पक्राउ गरेका छौं । तर, महिलाको पहिचान भने हुन सकेको छैन,’ डिएसपी बस्नेतले भने, ‘पोष्टमार्टम भएको छ, प्रतिवेदन आउन बाँकी छ । अन्यको खोजी कार्य भइरहेको छ ।’

उक्त स्थान नजिकै घटनाको करिब एक महिना अघि मात्रै ती महिला र अर्का पुरुष श्रीमान्–श्रीमती बनेर कोठामा बसेका थिए । घटनास्थलमा पुरुषको भारतको सिलगुडीको आधार कार्डसमेत फेला परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->