शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हिमपातले ढोरपाटन सेताम्मे, पातीहाल्ने खण्ड अबरुद्द

हिमपातले ढोरपाटन सेताम्मे, पातीहाल्ने खण्ड अबरुद्द

निरन्तर झरी र हिमपात भएकोले शुक्रबारदेखि स्थानीयहरु घर बाहिर निस्केका छैनन् । डिंगाबाच्छा खेदेर ढोरपाटन पुगेका गोठालाहरु हिमपातले प्रभावित भएका छन् ।


  • ढाेरपाटन संवाददाता
  • चैत्र ७ २०८२, शनिबार

तस्बिर सौजन्य : धनबहादुर विश्वकर्मा

बागलुङ/हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । शुक्रबारदेखि परेको झरीपछि ढोरपाटन उपत्यकामा हिमपात भएको हो । केही समयदेखि मौषम चिसो भैरहेकोमा शुक्रबारदेखिनै शुरु भएको हिमपातले उपत्यका सेताम्मे भएको हो भने डाँडामा बाक्लो हिउँ जमेको छ । चैतमा परेकोले यो हिउँ घाम लाग्ने बित्तिकै बिलाउने स्थानीय नरमती पुनले बताइन् ।

निरन्तर झरी र हिमपात भएकोले शुक्रबारदेखि स्थानीयहरु घर बाहिर निस्केका छैनन् । डिंगाबाच्छा खेदेर ढोरपाटन पुगेका गोठालाहरु हिमपातले प्रभावित भएका छन् । अहिले अधिकांस मानिस घर भित्रै परेका छन् भने गाईबस्तुलाई समेत घाँस अभाव भएको छ । अधिकांसले यस अघि गोठ भित्र राखेको ‘बातो’ सुख्खा घाँस खुवाउने गरेको स्थानीय नरमती पुनले बताइन् । जाडोको कारण अधिकांस मानिस घर भित्रै आगो तापेर बसेका छन् ।

यतिबेला उपत्यकामा आलु लगाउने बेला हो । ‘मैले त एक साता लगाएर आलु रोपिसकेकी छु, काम गरिरहेकालाई समस्या भयो’ पुनले भनिन्, ‘झरी र हिउँले केही दिनदेखि काम गर्न अप्ठ्यारो भैरहेको छ ।’ मौषम सफा भयो भने दुइचार दिनमा आलु लगाउन सकिने उनले बताइन् । किसानहरुले चैत पहिलो साता लगाएको आलु साउनमा खनेर निकाल्छन् ।

हिमपातका कारण यहाँको सेनाको व्यारेकमा पनि संचार समस्या भएको एक अधिकारीले बताए । उनले स्थानीयलाई समस्या परेको भए सहयोग गर्ने गरी परिचालन समेत भएको तर संचारको नेटवर्क गएकोले जानकारी गराउन समस्या परेको बताए ।

झरी र हिमपातका कारण मध्यपहाडी लोकमार्गको पातीहाल्ने खण्ड पनि अबरुद्द भएको छ । रुकुम र बागलुङ तर्फको झण्डै १० किमी खण्डमा हिमपातले यातायातका साधन चल्नै नसक्ने अबस्था आएको हो । हिमपात हटाएर सडक खुलाउने प्रयास भने रुकुम तर्फबाट भैरहेको बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->