सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग

फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०८२, मंगलबार

पोखरा/नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् ।

कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा वातावरण विज्ञ डा. सुवेदीले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल (लि–बर्ड) का पूर्वकार्यकारी निर्देशकसमेत रहेका डा. सुवेदीले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।

सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले डा. सुवेदीलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->