सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रविले कास्की अदालतमा तारेख धाउनु नपर्ने

रविले कास्की अदालतमा तारेख धाउनु नपर्ने

आइतबार मात्रै लामिछानेले तारेखमा नबस्ने अनुमति पाउँ भनि अदालतमा निवेदन दिएका थिए । आइतबार दर्ता भएको उनको निवेदन उपर मंगलबार सुनुवाई गर्दै जिल्ला न्यायधीश श्यामकुमार श्रेष्ठले माग बमोजिम हुने फैसला गरेका हुन ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८२, बुधबार

पोखरा/सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सबैभन्दा पहिला अभियोगपत्र दायर भएको कास्की जिल्ला अदालतले तारेख धाउनु नपर्ने आदेश दिएको छ ।

गत पुस गते लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रूपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा ३ करोड ३७ लाख ६५ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो दाबी गरिएको छ। यो मुद्धा अदालतमा विचाराधीन छ ।

सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै रविलाई धरौटीमा छाडेको थियो । त्यतिबेला रविले अदालतमा ६५ लाख रूपैयाँ धरौटी राखेका थिए । धरौटीमा छुटेपनि लामिछाने कास्की अदालतमा पेशी बुझ्न आइरहेका थिए ।
आइतबार मात्रै लामिछानेले तारेखमा नबस्ने अनुमति पाउँ भनि अदालतमा निवेदन दिएका थिए । आइतबार दर्ता भएको उनको निवेदन उपर मंगलबार सुनुवाई गर्दै जिल्ला न्यायधीश श्यामकुमार श्रेष्ठले माग बमोजिम हुने फैसला गरेका हुन ।

यसअघि लामिछानेले हरेक महिनामा कम्तीमा एकपटक अदालतमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

उनी अन्तिमपटक माघ २९ गते जिल्ला अदालतमा तारेख बस्न आएका थिए । त्यसअघि चुनावी गतिविधिका क्रममा पनि उनी अदालतमा उपस्थित भएका थिए । अब भने अदालतको अनुमति अनुसार उनी नियमित रूपमा उपस्थित हुन पर्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->