शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८२, बिहिबार

बागलुङ/ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्यूनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान संचालन गरेको छ ।

राजमार्गमा नियमितजसो अनुगमन गरिरहने ट्राफिकले सहायक मार्गमा सवारी चलाउने चालक, यात्री र अन्य सरोकारवालालाई सवारी दुर्घटनाबारे सचेतना अभियान चलाएको हो । ट्राफिकले मधयपहाडी लोकमार्गसँग जोडिएका, कालीगण्डकी करिडोर आसपास र अन्य ग्रामीण भेगमा चल्ने सवारी साधन लक्षित सचेतना अभियान चलाएको हो ।

सवारी दुर्घटना न्यूनीकरण गरिने, चालक तथा यात्रुमा सचेतना अभिवृद्दि गरिने, सुरक्षित यात्राको सुनिश्चितता गर्ने र सुरक्षित यात्राबारे सबैको जिम्मेवारी हो भन्ने बोध गराउने उदेश्यले अभियान चलाईएको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर कुँवरले बताए ।

पछिल्लो समय राजमार्गमा सवारी दुर्घटना बढीरहेका छन् । ती दुर्घटना प्रायः लापरवाहीपुर्ण रुपमा सवारी चलाएको, ट्राफिक नियम उल्लंघन गरेको, क्षमताभन्दा बढी यात्री राख्ने गरेको पाइएको छ । यात्रीले पनि क्षमता बढी भएको स्थानमा जान नहुने, चालकलाई अनावस्यक दबाव र तनाव नदिने गर्नुपर्ने सचेतना अभियानको क्रममा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->