सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

झुण्डीएर मृत्युपछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना

झुण्डीएर मृत्युपछि काटेर सुटकेशमा हालियो, झनै रहस्य बन्दै घटना

प्रहरी स्रोतका अनुसार महिलाको झुण्डिएर मृत्यु भएपछि आफु फस्ने डरले काटेर सुटकेशमा राखेर फालिएको हुन सक्छ । प्रारम्भिक रिपोर्टले पनि के स्पष्ट हुन्छ भने यदि महिलालाई आत्महत्या नै गर्न बाध्य बनाएको भन्ने । तर, घटनामा संलग्नले क्रुरता प्रयोग गरेका छन् ।


  • विजय नेपाली
  • चैत्र १२ २०८२, बिहिबार

पोखरा/गत फागुन १७ गते पोखरा–१७ तितेपानीस्थित पार्दी खोलामा तन्नाले बेरिएको सुटकेश देखियो । शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले सुटकेश खोलेर हेर्दा त्यहाँ विभत्स दृश्य देख्यो । एक महिला जसलाई काटेर सुटकेशमा राखिएको थियो । प्रहरीले तत्कालै प्रारम्भिक रुपमा हत्याको अनुमान ग¥यो । घटनाको मुचुल्का पश्चात प्रहरीले खोजतलासी गर्दा अर्को तथ्य बाहिर आयो । एक पुरुषले सुटकेश बोकेर मोटरसाइकलमा राख्दै गरेको । उक्त सिसिटिभि फुटेजले समेत स्पष्ट पा¥यो कि महिलाको हत्या भएको भन्ने तर, घटनाको वास्तविकता भने फरक छ । महिलाको हत्या भएको भएपनि यो हत्या फरक किसिमले हुन पुगेको देखिन्छ ।

घटनाबारे प्रहरीले चैत ६ गते पत्रकार सम्मेलन गरि एकजना जना पक्राउ गरेको बतायो । तर, पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेको प्रहरीले रिपोर्ट आउन बाँकी रहेको भन्दै रिपोर्ट लुकाएको छ । रिपोर्टमात्र होइन एक जना पक्राउ परेको जानकारी गराएपनि उनको परिचय समेत गोप्य राखेको छ । थप शंकास्पद व्यक्ति फरार हुनसक्ने भन्दै प्रहरीले पक्राउ व्यक्तिबारे जानकारी नदिएको हो ।

के छ पोष्टमार्टम रिपोर्टमा ?
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या नै ठहरिएको छ । तर, घटनामा केही नयाँ रहस्य बाहिर आएको छ । त्यो हो महिलाको मृत्यु झुण्डिएर भएको । स्रोतका अनुसार यो नयाँ रहस्यले प्रहरीलाई समेत अलमलमा पारिदिएको छ । घटनाको दृश्य हेर्दा महिलाको घाँटी काटिएको छ, शरिरका विभिन्न भागमा धारिलो हतियार प्रयोग भएको छ । जसका कारण हत्या नै हो भन्ने देखिन्छ । यद्यपि पोष्टमार्टम रिपोर्टले मृत्युको कारण अर्कै देखाएको छ । प्रहरीलाई प्राप्त रिपोर्ट अनुसार मृत्युको कारण ‘ह्यांगिङ’ अर्थात् झुण्डिइ’ भन्ने देखिएको छ ।

महिलालाई पहिला झुण्ड्याएर हत्या गरेको वा महिला आफै झुण्डिएर आत्महत्या गरेको भन्ने पुष्टि चाँहि भएको छैन । यसले प्रहरीको अनुसन्धान अब फरक शैलीबाट गर्नुपर्ने देखिएको छ । प्रहरी स्रोतका अनुसार महिलाको झुण्डिएर मृत्यु भएपछि आफु फस्ने डरले काटेर सुटकेशमा राखेर फालिएको हुन सक्छ । प्रारम्भिक रिपोर्टले पनि के स्पष्ट हुन्छ भने यदि महिलालाई आत्महत्या नै गर्न बाध्य बनाएको भन्ने । तर, घटनामा संलग्नले क्रुरता प्रयोग गरेका छन् ।

त्यतिमात्र होइन नग्न अवस्थामा सुटकेशमा फेला परेको महिला महिनावारी भएको समेत पुष्टि भएको छ । सुरुवातमा बलात्कार पछि हत्या भएको आशंका गरेपनि बलात्कार नभएको देखिन्छ । तर, हत्याको रहस्य भने अझै खुलेको छैन् ।

घटनामा संलग्न एक पक्राउ
अनुसन्धानमा खटिएको प्रहरीको टोलीले १ जनालाई पक्राउ गरेको छ । २१ गते प्रहरीले एक जनालाई पक्राउ गरेको हो सिसिटिभि फुटेजमा २ जना देखिएका छन् । फागुन १७ गते विहानको ४ बजेर १० मिनेट ३३ सेकेन्डमा सुटकेश घिसारेर बाहिर निकालेको देखिन्छ । कुन लटको यकिन नभएपनि मोटरसाइकलको नम्बर भने स्पष्ट देखिएको छ । ५९२४ नम्बरको मोटरसाइकलसम्म पु¥याएको देखिन्छ । तर, अन्य सिसिटिभि फुटेज भने बाहिरिएको छैन् । घटनास्थलमा पुरुषको भारतको सिलगुडीको आधार कार्डसमेत फेला परेको छ ।

अझै खुलेन महिलाको पहिचान
गहुँगोरो मझौला शरीर बाटुलो मोहडा भएकी ती महिलाको अझै पहिचान खुल्न सकेको छैन । घाँटिमा विनोद लेखिएको ट्याटु खोपिएको छ भने बायँ हातमा ‘महाकाल’ र आधा शिव जी र आधा त्रिशुल खोपिएको छ । अन्दाजी २२–२५ वर्षको देखिने महिला को हुन भन्ने खुल्न सकिरहेको छैन् । महिलाको हत्या हुनु एक महिनाअघि मात्रै त्यहाँ ती महिला र एक पुरुष श्रीमान–श्रीमतीको रुपमा बस्न आएको खुलेको छ ।

अझै मुख्य आरोपी फरार
प्रहरी स्रोतका अनुसार घटनामा संलग्न मुख्य व्यक्ति अझै फरार रहेको छ । प्रहरीले संलग्न व्यक्तिको पहिचान खोजिरहेको छ तथापि पक्राउ गर्न भने सकिरहेको छैन् । घटना लगत्तै फरार भएपछि सिमानाका पुगेपछि ती व्यक्तिको मोबाइल अफ भएको छ । उनी नेपालमै छन वा भारततर्फ फरार भए त्यो पनि बाहिरिएको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->