शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नक्कली नोट कारोवारको आशंकामा एकजना पक्राउ

नक्कली नोट कारोवारको आशंकामा एकजना पक्राउ


  • ढाेरपाटन संवाददाता
  • चैत्र १६ २०८२, सोमबार

बागलुङ/बजारमा नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेपछि प्रहरीले निगरानी बढाउ“दा कारोवारमा संलग्न भएको शंकास्पद व्यक्ति पक्राउ गरेको छ ।

एउटै नम्बरको एक हजारका नोटहरु प्रयोग गर्दै आएको आशंकामा बागलुङको काठेखोला गाउ“पालिका २ घर भइ, सदरमुकाममा बस्दै आएका अधिवक्ता यामबहादुर चर्माकार पक्राउ परेका हुन् । प्रहरीले चर्माकार पक्राउ परेको पुष्टी गरेपनि नक्कली नोटको कारोवारमा पक्राउ गरेको बताएको भने छैन ।

तर अनुसन्धानको क्रममा चर्माकारको साथबाट पनि नक्कली नोट भेटाएको बताइएको छ । चार दिन अघि नै पक्राउ परेका चर्माकारलाई आइतवार प्रहरीले जिल्ला अदालत बागलुङबाट म्याद थप गरेर थप अनुसन्धान थालेको हो ।

एकसाता अघि बागलुङका तीन वटा बैंकमा एकैपटक एक हजारका नोट नक्कली भेटिएका थिए । ती नोट कसरी आए भन्ने अनुसन्धानको क्रममा चर्माकारको कारोवार पत्ता लागेको बैंकर्सका पदाधिकारीले बताए । शुरुवातमा उनले मेडिकल पसलमा नक्कली नोट दिएर औषधी खरिद गरेको भेटिएको थियो भने अनुसन्धान बढाउ“दा १६ थान नक्कली नोट भेटिएको बताइएको छ ।

चर्माकार दुइ बर्षदेखि बागलुङमा थिएनन् । उनलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा भैरहवा प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । दुइ महिना अघि मात्र उनी जेलबाट छुटेर बागलुङ आएका थिए । झण्डै डेढ दशकदेखि कानून व्यवसाय गर्ने चर्माकारले यस अघि पनि दलीत छात्रवृत्ति रकम हिनामिना पारेको, मुद्दाका पक्षहरुलाईपनि आर्थिक रुपमा दवाव दिएर चर्को शुल्क लिएको जस्ता आरोप लाग्ने गरेको थियो ।

सरकारी कागजात किर्ते मुद्दामा समेत उनले सफाइ पाइसकेका छैनन् । पुन बजारमा नक्कली नोट देखिएको र उनकै साथमा भेटिएपछि बलियो प्रमाणको रुपमा उनी पक्राउ परेका हुन् । उनकै सक्रियतामा झ ७९१६९०३३ नम्बरका नोटहरु बजारमा चलाइएको प्रहरीको आरोप छ । ‘अनुसन्धानले के के पत्ता लाग्छ त्यो बाँकी छ, अहिले लाई उहाँप्रति शंकास्पद गतिविधि देखिएपछि पक्रउ गरिएको हो’ प्रहरी उपरीक्षक तिलक भारतीले भने, ‘अनुसन्धानले थप प्रमाण र अन्य व्यक्तिपनि पक्राउ पर्न सक्छन् ।’ उनले वा उनको सम्पर्कमा रहने व्यक्तिले नक्कली नोट कहाँ छापेका हुन् भन्ने पत्ता लाग्न बाँकी रहेको भारतीले बताए ।

बैकका एक कर्मचारीका अनुसार ती नोटमा कागजको गुणस्तर कमजोर, राष्ट्रिय फूल, सुरक्षा चिन्ह स्टिकर फरक पाइएको हो । त्यसपछि मात्र बैंकका कर्मचारी मार्फत यो सूचना प्रहरीमा पुगेपछि केही दिनदेखि प्रहरीले खोजी अभियान गरेको थियो । बिहिवार नियन्त्रणमा लिएपनि प्रहरीले आइतवार मात्रै यो जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->