शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार महासंघको स्थापना दिवशमा मिडिया मेलाबारे चर्चा

पत्रकार महासंघको स्थापना दिवशमा मिडिया मेलाबारे चर्चा


  • ढाेरपाटन संवाददाता
  • चैत्र १६ २०८२, सोमबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते हुने मिडिया मेलाको अन्तिम तयारी गरिएको छ । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवशलाई सोमबार बागलुङमा मिडिया मेलाको चर्चासहित मनाइएको हो ।

सोमबार बिहान आयोजित प्रभातफेरी पछिको कोणसभामा महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ले उक्त जानकारी दिएका हुन् । थापाका अनुसार, मिडिया मेलाका लागि आवस्यक अतिथिको तय भैसकेको, त्यसका लागि सन्दर्भ सामाग्री तयार भएको र सहभागीलाई पनि तयार बनाइएको हो ।

मिडिया मेलामा चाहिने फोटो प्रर्दशनीका लागि सामाग्री तयार भैसकेको छ भने विद्यार्थीहरु बीच भित्तेपत्रिका प्रकाशन र प्रतियोगिता पनि गरिने छ । त्यस बाहेक बागलुङको पत्रकारिताको इतिहास, विकासको मोडल तथा जिल्लाका स्थानीय तहको विकास र अबका कामबारे पनि त्यहाँ छलफल हुनेछ । कार्यक्रममा पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सोमबार बिहान प्रभातफेरी कार्यक्रम गरी महासंघले दिवश मनाएको हो । पत्रकार महासंघ २०१३ सालमा स्थापना भएको हो । अहिले महासंघको सबै जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठान शाखा छन् । विदेशमा पनि महासंघको शाखा गठन भइ काम भएका छन् । महासंघले सामाजिक न्याय, पारदर्शीता र सूचनाको हकका लागि निरन्तर नागरिक समाजको अगुवाई संस्थाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->