सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ओली पक्राउको विरोधमा जर्मनी कविता वाचन

ओली पक्राउको विरोधमा जर्मनी कविता वाचन


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८२, मंगलबार

पोखरा/नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विषय गण्डकी प्रदेशसभामा पनि प्रवेश गरेको छ । सोमबार प्रदेशसभाको बैठकमा एमालेका मुख्य सचेतक गोविन्दबहादुर नेपालीले ढ्यापढ्यापे समयमा बोल्दै ओलीलाई पक्राउ गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । ओली र लेखकको पक्राउ राजनीतिक प्रतिशोध रहेको उनको भनाइ छ ।

नेपालीले ओली र लेखकलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानूनी गिरफ्तार गरेकोमा भत्र्सना गरे ।

‘उहाँहरुको गिरफ्तारी लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको मर्मविपरीत रहेकाले तुरुन्त रिहाइको माग गर्दछु,’ उनले भने, ‘देशमा प्रतिशोध र पुर्वाीग्रही साध्ने कम भएकाले सशक्त विरोध गरेका छौ, गर्छौँ । दुई तिहाइको सरकारले देशलाई द्वन्द्वमा लैजाने काम गरेको छ ।’

उनले छानविन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अध्यक्ष हुनुअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणाले आयोग र प्रतिवेदन पूर्वाग्रही हुने भन्दै पहिल्यै धारणा स्पष्ट पारेको बताए । यसप्रति एमालेले असहमति जनाएको थियो । कार्कीलाई आयोगको अध्यक्षबाट बर्खास्तका लागि अधिवक्ता विपिन ढकालले दायर गरेको मुद्दामा गत मंसिर १२ गते सर्बोच्च अदालतको पूर्ण इजलासले अव आइन्दा यस्तो आयोगको अध्यक्ष नबनाउन परामादेश जारी गरेको उनको भनाई थियो । साथै नैतिक प्रश्न उठाउँदै यस्तो अवस्थामा उक्त पदमा बस्ने नबस्ने उनको निजी कुरा रहेको सर्बोच्चले भनेको उनले बताए ।

प्रतिवेदन प्रतिशोध र पूर्वाग्रहीमात्र नभइ अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेकाले सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गर्नुपर्ने माग नेपालीले गरे ।

बैठकमा उनले उनले हिटलरको उदयबारे लेखिएको जर्मनी कवि मार्टिन निमोलरको कविता पढेर सुनाएका थिए ।

पहिला तिनीहरु कम्युनिष्टहरुलाई लिन आए,
म बोलिन, किनकि म कम्यनिष्ट थिइन्
पछि उनीहरु समाजवाद भन्दै आए, म बोलिन, किनकि म समाजवादी थिइन्
पछि उनीहरु ट्रेड युनियनवादी भएर आए म बोलिन किनकि म ट्रेड युनियनवादी थिइन्
पछि उनीहरु यहुदी लिन भनेर आए, म बोलिन किनकि म यहुदी थिइन
अन्तिममा उनीहरु मलाई लिन आए, तर मेराबारे बोल्ने कोही थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->