सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

यातायात व्यवस्था कार्यालय कास्कीबाट १८ जना पक्राउ

यातायात व्यवस्था कार्यालय कास्कीबाट १८ जना पक्राउ


  • ढाेरपाटन संवाददाता
  • चैत्र १९ २०८२, बिहिबार

पोखरा/कास्की प्रहरीले यातायात व्यवस्था कार्यालय परिसरबाट १८ जनालाई पक्राउ गरेको छ । यातायात कार्यालय कास्कीमा ब्लुबुक नविकरण लगायत काम गरिदिने भन्दै विचौलियाको काम गरेको भन्दै प्रहरीपे १८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले रुद्रप्रकाश ढुंगाना, भगवत सुवेदी, भिमबहादुर थापा, रमेश खड्का, जीवन थापा, युवराज वाग्ले, संकल्प क्षेत्री, देव थापा, दीर्घबहादुर खड्का, सरिता भुजेल, देवि पौडेल, बेलमाया अधिकारी, मेनुका अर्याल, भगवती शर्मा, कृष्ण कुमारी केसी, तुलसी अधिकारी र गणेश बहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले पुष्टि गरे । पक्राउ परेकामध्ये १५ जना लेखापढी गरेर लाइसेन्स लिएका भएकाले छाडिएको उनले बताए । ३ जनालाई कारवाहीको प्रक्रिया अघि बढाएको एसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->