शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ मिडिया मेलाको तयारी अन्तिम चरणमा

बागलुङ मिडिया मेलाको तयारी अन्तिम चरणमा


  • ढाेरपाटन संवाददाता
  • चैत्र १९ २०८२, बिहिबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा हुन लागेको बागलुङ मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । चैत २० गते शुक्रबार र २१ गते शनिबार गरी दुई दिनसम्म हुन लागेको मिडिया मेलाको आवश्यक तयारी करिब करिब अन्तिम चरणमा पुगेको महासंघ बागलुङले जनाएको हो ।

रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले दुई दिनसम्म गर्न लागेको मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष राम थापाले जानकारी दिए । मेलामा पत्रकारितामा गिद्वे प्रेसदेखि डिजिटल मिडियाको विषयमा चर्चा हुने उनको भनाई थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने मेलाको पहिलो दिन ‘पत्रकारिता ः गिद्वे प्रेसदेखि एआइसम्म’ र बागलुङको भविष्यबारे बहस हुने भएको छ । बहस कृषि, उद्यम र पर्यटनमा केन्द्रित हुने अध्यक्ष थापाले बताए ।

मेलाको दोस्रो दिन ‘अन्यौल कि अनुभूतिः कहाँ छ स्थानीय सरकार ?’ ‘मोफसलका मिडियाः सबल कि संकट ?’ पत्रकारितामा शैलीः शिष्ट कि आक्रमक र पत्रकार महासंघ ः अब कस्तो बनाउने, कसरी बनाउने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः अधिकार कि जिम्मेवारी विषयमा पनि चर्चा गरिने सचिव नारायण रिजालले जानकारी दिए ।

यस्तै, न्यु मिडियाः नाम पनि दाम पनि शिर्षकमा पनि छलफल हुने भएको छ । १७ लाख खर्च अनुमान गरिएको मेलामा फोटो प्रर्दशनीदेखि पर्यटन प्रवद्र्धन, स्थानीय मिडिया सवलीकरण र राष्ट्रिय विषयमा चरणबद्ध छलफल हुने अध्यक्ष थापाले बताए । मेलामा फोटो तथा पुराना सञ्चार सामाग्री प्रर्दशनी लगायतका कार्यक्रम पनि हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->