शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कानुनदेखि जनचासोका मुद्दामा प्रेस जगतले प्रतिपक्षीको भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री पाण्डे

कानुनदेखि जनचासोका मुद्दामा प्रेस जगतले प्रतिपक्षीको भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री पाण्डे


  • ढाेरपाटन संवाददाता
  • चैत्र २० २०८२, शुक्रबार

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेसले बलियो प्रतिपक्षी भूमिका खेल्नुपर्ने बताएका छन् । शुक्रबारदेखि बागलुङमा शुरु भएको दुई दिने मिडिया मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘‘अहिले सदनमा सत्ता पक्ष बलियो र प्रतिपक्षी कमजोर रहेकोले देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनचासोका मुद्दामा प्रेस जगतले सशक्त प्रतिपक्षीको भूमिका खेल्नुपर्छ’’ मुख्यमन्त्री पाण्डेले भने, ‘‘सरकार गलत बाटोमा हिंड्न खोजे प्रेसले सचेत बनाउनुपर्छ ।’’ प्रेस जगत कमजोर भए सत्ता निरंकुश हुने पाण्डेको भनाई थियो ।

पाण्डेले प्रेस जगत स्थायी प्रतिपक्ष भएकोले सरकारका गतिविधिबारे निरन्तर निगरानी र खबरदारी गर्दै विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका राख्न आग्रह गरे । निष्पक्षता र यथार्थताको धरातलमा रहेर प्रेस जगत आवाजविहिनहरुको आवाज बन्दै देशमा भएका उपलब्धीहरुलाई उजागर गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए । गण्डकी प्रदेश सरकार सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको पाण्डेको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रामजी प्रसाद दाहालले सरकारी विज्ञापन सरकारी मिडियामा प्रकाशन र प्रशारण गर्ने सरकारको परिपत्रले नब्बे प्रतिशत सामुदायिक सञ्चारमाध्यम प्रभिावित हुने बताए । ‘‘देशलाई खुल्ला अर्थतन्त्रबाट बन्द अर्थतन्त्रतर्फ धकेल्ने सरकारको निर्णय सच्चिनुपर्छ’’ महासचिव दाहालले भने ।

रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको मिडिया मेलामा गिद्वेप्रेसदेखि एआइसम्म, कृषि, उद्यम र पर्यटन प्रवद्र्धन, स्थानीय सरकार गठनपछिको अवस्था, स्थानीय मिडियाको सवलीकरण र राष्ट्रिय विषयमा चरणबद्व छलफल हुने महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिए ।

मेलामा विद्वत प्रवचन, बागलुङे पत्रकारहरुको पुर्नमिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, बागलुङका ऐतिहासिक तस्बिरहरुको प्रदर्शन, लाइभ पेन्टिङ, सञ्चार सामग्री र उपकरण प्रदर्शन र मौलिक गीत तथा नृत्यु प्रस्तुत गर्ने कार्यक्रम हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->