बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विजयले स्थापना गरे अक्षयकोष

विजयले स्थापना गरे अक्षयकोष


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८२, आइतबार

पोखरा/समाजसेवी एवम् ट्रेड युनियन कांग्रेस कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारीले आफ्नो ६८ औं जन्मदिनका अवसरमा पोखरा ३० स्थित त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा २ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

समाजमा केही योगदान गरौं भन्ने भावनाका साथ विजयसीता छात्रवृत्ति अक्षयकोषका नाममा राखिएको अक्षयकोषको ब्याजमध्ये वार्षिक रुपमा ५० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने र ५० प्रतिशत मूलकोषमा नै जम्मा गरिने भण्डारीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षाका क्षेत्रमा गरिने लगानी नाफा नभै राष्ट्रका प्रतिको् योगदान भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->