सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फेवा मापदण्डभित्र गृहमन्त्रीको पनि जमिन !

फेवा मापदण्डभित्र गृहमन्त्रीको पनि जमिन !


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८२, सोमबार

पोखरा/हाल नेपाल सरकारका गृहमन्त्री सुधन( चर्चामा सुदन) गुरुङ कुनै बेला ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका प्रमुखमात्र नभएर काठमाडौंको कुनै क्लबमा डीजे थिए । पछि उनी ओएमजी नामक क्लबको संचालक बने ।

उनको करिअर उकालो लाग्दै थियो,भूकम्पले देशलाई गाँज्यो । उनी राहत संकलन र वितरणमा उत्रिए । पछि कोभिड आयो । कोभिडमा उनी संस्थापक रहेको हामी नेपालले साह्रै सक्रिय देखियो ।

सुदनलाई क्लब जाने ‘लत’ले संगीतसँग खेल्न सिकायो । भूकम्प र कोभिडले समाजसेवाको ‘लत’ बसायो । जब उनले क्लब खोले,त्यसपछि चाहिँ उनलाई व्यवसायको पनि लत लाग्यो । त्यही उपक्रममा उनी घरजग्गा र एडभेञ्भेचर व्यवसायतिर हात हाल्न पोखरा आएका थिए । स्रोतका अनुसार उनी पोखराको फेवातालमा वाटर स्पोर्टस् संचालन गर्न चाहन्थे ।

संयोग कस्तो भने, २०७४ सालमा पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएका मानबहादुर जिसीकै पालामा पोखराको फेवा,बेगनास र दिपाङ तालमा वाटर स्पोर्टस् संचालन गर्ने निर्णय भएको थियो । सार्वजनिक–निजी साझेदारी –पीपीई) मोडलमा संचालन हुने सो परियोजनाबाट राजश्व असूली गर्ने महानगरको उद्देश्य थियो । पोखरा १७ मा रहेको डेभिज फल्स (पातले छाँगो) मा सिसाको पुल,सेती खोँचमा क्यानोनिङ र दृष्यावलोकन स्थल निर्माण एवं पोखरा १८ सराङकोटमा पर्यटकीय पार्क निर्माणजस्ता परियोजना त्यही बेला अगाडि सारिएका थिए । तर, सराङकोटमा स्थानीयबासीको विरोधपछि परियोजना अगाडि बढेन । डेभिज फल्सको सिसाको पुल निर्माण पनि अहिले विवादमा छ भने सेती क्यानोनिङको काम पनि त्यत्तिकै अलपत्र छ । यता, फेवा र बेगनास तालमा वाटर स्पोर्टस् संचालनको पहलकदमी भनेमहानगरले २०७६ सालको वैशाखको दोस्रो साता गरेको थियो । त्यसबेला महानगरले फेवाताल र बेगनास तालमा वाटर स्पोर्टस सञ्चालन गर्न चाहनेहरुसँग मनसाय पत्र माग गरेको थियो ।

महानगरले सार्वजनिक सूचना जारी गरेपछि फेवातालका लागि ६ र बेगनासका लागि ३ वटा कम्पनीले बोलपत्र फाराम भरेका थिए । फेवातालमा वाटर इको फ्रेण्डली साइडसिन प्रालि पोखरा, होटल ब्लु म्याग्नेट एण्ड मल्टी प्रपोज पोखरा, अतिथि रिसोर्ट एण्ड स्पा पोखरा, राजधानी रिक्रिएशन प्रालि ललितपुर,एएन बी इन्टरटेनमेन्ट प्रालि काठमाडौं र एभरेष्ट क्रियू प्रालि काठमाडौंले मनसाय पत्र बुझाएका थिए । तत्कालीन अवस्थामा महानगरको सार्वजनिक निजी साझेदारी कार्यक्रमका फोकल पर्सन अनन्तप्रसाद कोइरालाले त्यसको पुष्टि गरे ।

‘हो हामीले सेती खोँचसहित फेवातालमा वाटर स्पोर्टस्को लागि बोलपत्र खुलाएको हो । त्यो सार्वजनिक–निजी साझेदारी अवधारणामै आधारित थियो । तर,पछि धेरैवटा परियोजना अगाडि बढ्न सकेनन् । फेवामा पनि स्थानीयको विरोध भयो,’उनले भने,‘फेवाको ड्यामसाइडदेखि पामेसम्मै क्रुज चलाउनेसम्मका योजना थिए र ती रातकै समयमा चलाउने भनिएको थियो ।’

फेवातालमा क्रुज चलाउने योजना बाहिरिएपछि तत्कालीन डुंगा व्यवसायी समिति र पोखरामा रहेका अन्य पर्यटनसँग आवद्ध संघ÷संस्थाले विरोध जनाएका थिए । फेवा डुंगा व्यवसायी समिति भनेको फेवामा शताब्दीऔंदेखि आश्रित जलारी परिवार संलग्न भएको संस्था हो । फेवामा माछा मार्ने र डुंगा चलाएर जीविकोपार्जन गर्ने सो समूह आवद्ध भएकाले फेवामा आधुनिक खालमा मोटरबोट संचालन गर्न नदिने मत बलियो रहँदै आएको छ । त्यसो त, फेवा किनारमा रहेको मत्य अनुसन्धान केन्द्रले फेवामा जलारी समूहलाई संलग्न गराएर पिँजडामा माछा पाल्दै आएको छ । क्रुज चलाउँदा केजमा रहेका माछा प्रभावित हुने तर्क पनि त्यो बेला गरिएको थियो ।

२०७६ सालतिर पोखरा महानगरपालिकामा इञ्जिनियर रहेका तथा पछि सार्वजनिक–निजी साझेदारी परियोजनाको प्रमुख बनेका महेन्द्रबहादुर गोदारका अनुसार यी र यस्तै कारणले गर्दा फेवामा क्रुज चलाउने निर्णयबाट महानगर पछि हटेको थियो ।

पोखराका मेयर धनराज आचार्यले यो विषयमा अनविज्ञता प्रकट गरेका छन् । उनले गएको भदौ २४ गते महानगरमा आगजनी हुँदा सबै कागज जलेकाले पुराना विवरण सबै हराएको बताए ।

तर,गोदार भन्छन्,‘ तालमा ध्वनी प्रदूषण न्यूनीकरण र प्रदूषणरहित क्रियाकलाप संचालन गर्ने गरी बोलपत्र आह्वान भएको हो । पोखराकै अतिथि रिसोर्ट एण्ड स्पाको बोलपत्र स्वीकृत भएजस्तो लाग्छ तर पुरानो कुरा मैले त बिर्सेँ । हामीले महानगरमा कागजपत्र राखेका थियौँ । आगजनीले अब त रहेन होला ।’

पोखरा आएसँगै जग्गा पनि
फेवा मापदण्ड कायम गराउन कस्सिएका सुधन स्वयंको फेवा किनारमा जग्गा रहेको उनी निकट केही व्यक्ति र मिडियाले आइतबार सार्वजनिक गरे । सुदनले फेवा मापदण्ड कायम गराउँदा आफ्नो करोडौँ पर्ने जग्गामा पनि डोजर चलाउन भनेको सूचना उनको विश्वासिला मित्रले संचालन गर्ने रुटिङ अफ नेपाल बन्दमा प्रकाशित भयो ।

गृहमन्त्री सुदन निकट स्रोतका अनुसार उनले पोखरामा वाटर स्पोर्टस्को काम थाल्ने योजना बनाउँदै जग्गा खरिद गरेका थिए । फेवातालको पारितिरको अनदु क्षेत्र र वारि पनि जग्गा खरिद गरेको आफूले थाहा पाएको तर ठ्याक्कै कहाँनेर र कुन जग्गा हो भन्ने आफूलाई जानकारी नभएको उनले जानकारी दिए ।

‘उसले जग्गा छ त भन्थ्यो तर कता हो थाहा भएन,’उनी निकट ती व्यक्तिले भने । गृहमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । आउँदो जठ १० गतेभित्र बुझाइने सम्पत्ति विवरणमा पक्कै पनि गृहमन्त्रीको स्वामित्वमा फेवा किनारमा भएको जग्गा,त्यसको क्षेत्रफल र किनेको स्रोतबारे जानकारी आउला तर उनी डीजे नै हुँदा र वाटर स्पोर्टस् संचालनको हुटहटी बोकेर हिँड्दा नै त्यो जग्गा किनेको चाहिँ स्रोतले पुष्टि ग¥यो । आर्थिक वर्ष २०६४÷०६५ बाट फेवा वरपर मापदण्डमा परेका जग्गाको किनबेच रोक्का गरिएको छ । तत्कालीन उपत्यका नगर विकास समितिले जग्गाको किनबेचलाई सर्वोच्च अदालतले २०७५ साल वैशाख १६ गते फुकुवा गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->