सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

युवालाई डिजिटल साक्षरता

युवालाई डिजिटल साक्षरता


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८२, मंगलबार

पोखरा/पोखरा महानगरपालिकाअन्तर्गत रहेको नगर युवा परिषद्ले नगर क्षेत्रका करिब २ हजार २ सय जना युवा विद्यार्थीहरूलाई डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिएको छ ।

युवाहरूलाई प्रविधिमैत्री, सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रममार्फत् एआई टुल्स,डिजिटल सुरक्षा,मिथ्या र भ्रमपूर्ण सूचनाबारे जानकारी गराइएको थियो ।

कार्यक्रमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख धनराज आचार्यले युवाहरूलाई डिजिटल दुनियाँमा सुरक्षित, सचेत र प्रभावकारी रूपमा प्रविधिको प्रयोग गर्न प्रेरित गर्नुका साथै डिजिटल सचेतनाको विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिषद्की कार्यकारी सदस्य विष्णुमाया सुवेदीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->