शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धवलागिरि क्याम्पसमा १ करोड बढीको छात्रवृत्ति कोष हस्तान्तरण

धवलागिरि क्याम्पसमा १ करोड बढीको छात्रवृत्ति कोष हस्तान्तरण


  • ढाेरपाटन संवाददाता
  • चैत्र २५ २०८२, बुधबार

बागलुङ/त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष खड्क केसीले अन्य क्याम्पसभन्दा बागलुङको धवलागिरि बहुमुखी क्याम्पस (डिएमसि) अब्बल रहेको बताएका छन् । क्याम्पसमा मंगलबार आयोजित छात्रवृत्ति कोष–२०८० हस्तान्तरण कार्यक्रममा बोल्दै केसीले स्ववियुले गरेको काम अरुले अनुसरण गर्नुपर्ने बताए ।

स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसका निर्वतमान स्ववियु अध्यक्ष सुदिप सागर कँडेलको संयोजकत्वमा देउसीभैलो कार्यक्रम गरी १ करोड ९ लाख ४१ हजार ६ सय ५१ रुपैयाँ संकलन भएको र सो रकम वर्तमान समितिलाई हस्तान्तरण गरिएको निवर्तमान कोषाध्यक्ष सृष्टि आचार्यले जानकारी दिइन् ।

कोषबाट प्राप्त हुने व्याजमार्फत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । छात्रवृत्ति कोष सञ्चालनलाई व्यवस्थित बनाउन आवश्यक विधान समेत तयार गरिएको आचार्यले बताइन् ।

सो अवसरमा ‘धवलागिरि दर्पण’ अक्षयकोष विशेषाङ्क विमोचन पनि गरिएको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा, निवर्तमान क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले बोलेका थिए । सो अवसरमा कोषका लागि सहयोग गर्ने सहयोगदातलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम कोषका संयोजक एवम् निवर्तमान स्ववियु सभापति सुदिप सागर कँडेलको अध्यक्षता, स्ववियु अध्यक्ष अश्मिन शेखको स्वागत, निवर्तमान स्ववियु उपाध्यक्ष दिपक सुवेदी र कोषाध्यक्ष सृष्टि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->