पोखरा/नेकपा एमाले कास्कीले पोखरामा बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । वर्तमान परिस्थिति र आन्दोलनको आवश्यकताबारेमा कास्की जिल्ला कमिटीको आयोजनामा उक्त भेलाको आयोजना गरेको हो ।
भेलाको सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल) ले पार्टीको अहिलेको मुख्य लक्ष्य नै अध्यक्ष केपी शर्मा ओलीलाई थुनामुक्त गर्नु रहेको बताएका छन् । उनले नेपालमा समाजवादलाई परास्त गर्दै पुँजीवादीहरुले ग्रान्ड डिजाइन गरि पुराना दललाई हटाउने खेल खेलेको बताए ।
भदौ २३ गतेको जेन जी ओन्दोलन समेत डिप स्टेटको डिजाइनमा भएका सुनाउँदै टिओवी आन्दोलनमा सहभागि हुनुले ठूलो रहस्य देखाएको बताए । अहिले बारबरा फाउन्डेसनको सरकारले केपी ओली सहित कांग्रेस नेता रमेश लेखक विरुद्ध प्रतिशोधको राजतिनि गरिरहेको उनको ठहर छ ।
अदालतको आदेशपश्चात समेत ओली रिहा हुने र थुनामै रहने बराबरीको स्थिति रहेको भन्दै एमालेले अब सदन र सडकमा आन्दोलन नछाड्ने बताए । अहिले पार्टी भित्रै समेत अन्तर संर्घष छाडेर वर्ग संघर्ष गर्नु पार्टीको मुल्य र मान्यता विपरित भएको बताए । आफुले सदनमा पार्टीकै मुल्यलाई दृढताका साथ राख्दै गर्दा केही नेताहरुले बाहिर नै असन्तुष्टि पोख्नुले पार्टी भित्र रहेका गलत प्रवृत्तिलाई छर्लङ्ग पारेको उनको भनाइ छ ।
‘नेपालको सत्ता प्रगतिशिल लोकतन्त्रवादी र वामपन्थीहरुको हातमा थियो त्यो उल्टियो । यहाँ संघर्ष भयो यो समाजवादी सिध्याउने वर्ग संघर्ष भयो । कम्युनिष्ट आन्दोलनका प्रमुख नेतालाई हाम्रा सत्रुहरुले कैद गरेका छन्’ उनले भने, ‘हाम्रो नेतालाई कैद मुक्त गराउने हाम्रो काम हो । त्यसका लागि हामीले सदन र सडकबाट आक्रमण गर्दैछौं । हाम्रो सरकार नआएसम्म हामी आक्रमण गरिरहन्छौं ।’
यस्तै पार्टीभित्र आन्तरिक संघर्ष गर्न अनुरोध गर्दै बाहिर वर्ग संघर्ष नगर्न कार्यकर्ताहरुलाई अनुरोध गरे । उनले अध्यक्ष ओली रिहा भएपछि केन्द्रिय कमिटिको बैठक बसि निर्वाचनको पराजित र पछिल्ला घटनाक्रमको समिक्षा गर्ने सुनाए । उनले विशेष महाधिवेशन भनेकै नेतृत्वका लागि निर्वाचन गराउने अवस्था रहेको बताए । अहिले वर्ग संघर्ष गर्दै संसदीय समितिको नेता पनि जेनजी र पार्टीको नेतापनि जेनजीलाई बनाउने तर्क आइरहेको र पार्टीभित्र रहँदासम्म त्यो अन्तर संघर्ष हुने त्यो भन्दा बाहिर पुगे वर्ग संघर्ष हुने बताए ।
यस्तै केन्द्रिय सचिव खगराज अधिकारीले कार्की आयोग प्रतिवेदन कसैको वहकावमा बनाइएको बताए । उनले भदौ २३ गते गोली कसले चलायो भन्ने समेत स्पष्ट खुलाउन नसकेको र भदौ २४ गतेको घटनालाई पूर्ण रुपमा लुकाइएको सुनाए । एमालेले अब आन्दोलनलाई थप तिब्रता दिन आवश्यक रहेको सुनाउँदै संघर्षबाट पछि हट्न नहुने बताए ।
‘हाम्रो नेता कमरेड केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखकलाई राजनितिक प्रतिशोधका साथ गैर कानूनी तरिकाले गिरफ्तार गरेको हुनाले रिहा गराउनु हाम्रो कर्तव्य हो । त्यो आयोगको प्रतिवेदनमा कहि पनि कसले गोली हान्यो, कति खोका चल्यो यो खोका नेपाल पुलिसको होकी होइन भन्न सकेकै छैन’ अधिकारीले भने, ‘फागुन २३ गतेको मात्रै छानविन गरेको छ २४ गते हाम्रा घर जलाएको, संसद, सिंहदरबार जलाएको केहि पनि उल्लेख छैन् ।’
एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्रीले केन्द्रले सर्कुलर गरेका आन्दोलनका कुनै पनि कार्यक्रम स्थगित नगर्ने बताए । उनले निर्वाचनको नतिजा स्विकार गरेको र जनताको म्यान्डेडलाई ग्रहण गर्दै अघि बढिरहँदा वर्तमान सरकारको प्रतिशोधपूर्ण व्यवहारको कडा प्रतिवाद गर्ने बताए ।





