सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८२, बिहिबार

पोखरा/पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित एक सुनचाँदी पसल अगाडि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ ।

आक्रमणमा परी गम्भीर घाइते भएकी पोखरा–५ मालेपाटन निवासी ४२ वर्षीया श्रीजना पौडेल केसी बेहोस अवस्थामा ढलेकी थिइन् । उनलाई तत्काल उपचारका लागि पोखरा–९ नयाँबजार पृथ्वीचोकस्थित जीएमसी अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको छ ।

स्थानीयका अनुसार, मृतकको टाउकोमा गम्भीर चोट लागेको छ । घटनापछि कास्की प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। फरार आरोपीको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->