म्याग्दी/मुस्ताङको जोमसोम देखि पोखरा तर्फ जाँदै गरेको बस र जोमसोम तर्फ जाँदै गरेको ट्रक एकआपसमा ठोक्किँदा चालक सहित १५ जना घाईते भएका छन् ।
बेनी जोमसोम सडक खण्ड अन्तरगत गलेश्वर बेनी सडकको जलेश्वरमा दुई गाडीहरु एक आपसमा ठोक्कीएका हुन् ।
मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवाबाट मुस्ताङ रुट तर्फ लाग्दै गरेको ग.प्र..०१००१ ख ००१२ नम्बरको ट्रक एकपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर)सागर तिमिल्सिनाले बताए ।
बसमा चालक र सह चालक सहित २४ जना सवार रहेका थिए । घाइतेको उद्धार गरी प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार गरीएको थियो । दुर्घटनामा बस र ट्रकको अगाडीको भागमा क्षती भएको छ ।
दुर्घटनामा घाईते हुनेको शरीरमा चोट लागेपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बस चालक कास्की माछापुच्छ्रे गापा–४ लाहाचोक घर भएका ३१ बर्षिय बिकास जिसी र ट्रक चालक पर्बत जलजला गाउँपालिका–७ धाईरिङका २८ बर्षिय नारायण प्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भारत उत्तर प्रदेशका ६२ वर्षिय दिपकराज मित्तल, ६३ वर्षका शंकर लाल केशवानी, मध्य प्रदेशको ४२ वर्षकि कृति शर्मा, ३८ वर्षका गौरव सेनी, गुजरातका ७२ वर्षका राज अडोलिया घाइते भएका हुन् ।
गुजरातकी २० वर्षिया सिम्रण साहाय, हरीयाणाका ६७ वर्षका प्रेमा शर्मा, उत्तर प्रदेशका ५३ वर्षकी अल्का गुप्ता, जयपुर राजस्थानका ५८ वर्षका अरबिन्द भट्ट, दिल्लीका ६९ वर्षका रामगोपाल शर्मा समेत घाइते भएका हुन् ।
जयपुर राजश्थानका ४८ वर्षकि बन्धना शर्मा, भारत मध्य प्रदेशका ३७ वर्षकि रिचा कौशिक, ३९ को गौरव कौशिक, गुजरातका ४८ वर्षका बिनित गोयल र ४२ वर्षकि निरु चौधरी रहेका छन् । दुर्घटनामा सबै भारतीयहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर लिमिल्सिनाले जानाकरी दिए ।





