पोखरा/काङ्ग्रेस एमाले मिलेर बनेको गण्डकी सरकारका मन्त्री फेर्ने तयारी चलेको छ । गण्डकीमा काङ्ग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन भने उनलाई पूर्वमुख्यमन्त्री रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारी तथा एमाले सांसदको समर्थन छ ।
यो बिचमा खगराज अधिकारी तत्कालीन माओबादी केन्द्र र राप्रपाको समर्थनमा यसअघि २५ पुस २०७९ देखि १४ वैशाख २०८० चैत २५ देखि बिचको समय र २०८१ जेठ १६ देखि सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन । खगराज दोश्रोपटक मुख्यमन्त्री बनेर बहुमत जोगाउन नसकेको र सभामुखले असंवैधानिक काम गरेका कारण सर्वोच्चको परमादेशबाट सत्ताच्युत हुनुपरेको थियो । पछि केन्द्रमा काङ्ग्रेस एमाले मिलेपछी गण्डकीमा अहिलेसम्म यहि सरकार छ । गत भदौ २३, २४ को जेनजी आन्दोलनपछी संघको नेतृत्व रास्वपाले गरिरहेको छ । यद्दपी प्रदेशमा भने अझै पनि काङ्ग्रेस एमाले नै सत्तामा छन ।
गण्डकीमा ९ वटा मन्त्रालय छन । ती मध्ये काङ्ग्रेसले ५ र एमालेले ४ मन्त्रालय भागबन्डा गरेका थिए । काङ्ग्रेसले आफूले पाएको मध्ये एउटा मन्त्रालय तत्कालीन माओवादीको चुनावबाट लडेका तत्कालीन नेपाल समाजवादी पार्टी, हालको प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटालाई मन्त्री बनाएको थियो । तर, जेनजी आन्दोलनपछी उनी राजीनमा दिएर तटस्थ बसेका छन ।
देवकोटाले पाएको यो मन्त्रालय मुख्यमन्त्री पाण्डेलेनै ७ महिनादेखी सम्हालेका छन । रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्नेदेखी लिएर मन्त्रीमण्डल नै फेर्न सत्ता साझेदार एमालेले मुख्यमन्त्रीलाई दबाब बढाएको छ । स्रोतका अनुसार एमाले नेता अधिकारीले एमालेबाट सहभागी ४ जना मन्त्री भएपनी फेर्न दबाब दिएका छन । एमालेबाट अहिले भौतिक पूर्वाधारमा प्रकाशबहादुर केसी, उद्योग तथा पर्यटनमा मित्रलाल बस्याल, भूमी, व्यवस्थामा पद्या जिसी श्रेष्ठ तथा स्वास्थ्यमन्त्रीमा कृष्ण पाठक मन्त्री छन ।
यीनलाई फिर्ता बोलाएर अन्य ४ जनालाई मन्त्रीमण्डलमा सहभागी गराउने तयारी खगराजको छ ।
उनले सम्भावित मन्त्रीलाई पोखरा १२ स्थित ढिकालेथरमा रहेको घरमा नै बोलाएर छलफल गरिरहेका छन । बहालवाला मन्त्रीहरुले नै आफ्नो पद जाने आभास पाएको निकटस्थलाई सुनाएका छन ।
स्रोतका अनुसार यशोदा रिमाल वा देवका पहारी त्रिपाठीलाई मन्त्री बनाउने र पर्यटनको जिम्मा दिने, प्रमुख सचेतक गोविन्दबहादुर नेपाली वा सार्वजनिक लेखा समिती सुधीर कुमार पौडेललाई भौतिक, लक्ष्मण बहादुर पाण्डे वा श्यामराजा महतलाई कृषि र स्वास्थ्यमा भिम कार्कीलाई पठाउने तयारी खगराजको छ ।
यता, काङ्ग्रेस भित्र त मन्त्री फेर्ने मात्र नभै गठबन्धन नै फेर्नुपर्ने मत काङ्ग्रेस सांसदले राखेका थिए । यतिसम्मकी संसदीय दल नेतामा मुख्यमन्त्री पाण्डेसङ्ग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले जेनजी पछिको परिस्थिति भन्दै मुख्यमन्त्रीकै राजीनामा मागेका थिए ।
अहिले एमालेले दबाब बढाएर मन्त्री फिर्ता बोलाइहालेमा काङ्ग्रेसका पनि मन्त्री फिर्त हुने एक सांसदले बोलाए । अर्को कुरा, गण्डकीमा काङ्ग्रेस, राप्रपा र प्रलोपाको पुरानै गठबन्धन ब्युँतिन सक्ने देखेर एमालेले दबाब बढाएको हुनसक्ने ती नेताले बताए । तर, मुख्यमन्त्री पाण्डे पनि मन्त्रीपरिषद फेर्न अनिइच्छुक भने होइनन । मन्त्री फेरिएको खण्डमा अवसर नपाएका, हालका संस्थापनदेखी संसदीय दलको नेता बन्ने बेलामा मत दिने सम्झौता गरेका सांसदसम्म आकांक्षी छन ।





