सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रमेश लेखक पनि रिहा, श्रीमतीको जिम्मा लगाइयो

रमेश लेखक पनि रिहा, श्रीमतीको जिम्मा लगाइयो


  • ढाेरपाटन संवाददाता
  • चैत्र २६ २०८२, बिहिबार

काठमाडौँ/ पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । प्रहरीले उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएको छ ।

लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासतमुक्त गरिएको प्रहरीले जनाएको छ । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् । मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।

पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->