सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन

उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन


  • ढाेरपाटन संवाददाता
  • चैत्र २६ २०८२, बिहिबार

काठमाडौं /प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद २५ वर्षीया रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ । उपसभामुखमा राप्रपाकी सरस्वती लामा पनि उम्मेदवार रहेकी छन् ।

‘प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संस्कृति पार्टीका सांसद माननीय रुवि कुमारी ठाकुर (धनुषा) लाई रहने निर्र्णय भएको छ’, रास्वपा सांसद मनिष झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहनु हुनेछ धन्यवाद ।’ रास्वपाको समर्थन हुने भएपछि ठाकुर उपसभामुख हुने निश्चित भएको छ । उपसभामुखको चयन शुक्रबार हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->