काठमाडौं/ पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरिएको छ ।
रास्वपा सभापति रवि लामिछानेको पत्र अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पदबाट हटाएका हुन् । मन्त्री साहले बहालमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउन चलखेल गरेका थिए । त्यसबारे रास्वपाको अनुशासन आयोगले अध्ययन गरेको र अध्ययनपछि पार्टीलाई सोही अनुसार कारबाहीका लागि चैत २५ गते सिफारिस गरेको थियो ।
रास्वपा पार्टी विधानको धारा २५(४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था छ । बहmष् कगलचष्कभ दबलप
स्वास्थ्यमन्त्रीलाई सचेत

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत बनाएका छन् ।
पार्टी सभापति लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएका हुन । सभापति लामिछानेले पठाएको पत्रमा ‘आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु ।’ भन्ने लेखिएको थियो ।





