म्याग्दी/जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले बेनी नगरपालिका वडा नं. ६ डम्बराबाट ६ पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
डम्बराका ५५ वर्षिय तेजबहादुर खत्रीको घरमा जुवा खेल्ने खेलाउने कार्य गरेको सुचनाका आधारमा प्रहरीले नगद ३८ हजार दुई सय ८५ रुपियाँ सहित पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बेनी नगरपालिका ६ का ५५ वर्षिय तेजबहादुर खत्री, ४६ वर्षिय यामबहादुर थापा, ३५ वर्षिय कृष्ण किसान, २७ वर्षिय लेनिन सापकोटा र बेनी नगरपालिका ७ का ५९ वर्षिय रोशन रानालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताए ।





