सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फेसबुकमा सुझाव, प्रधानमन्त्रीलाई पेश

फेसबुकमा सुझाव, प्रधानमन्त्रीलाई पेश


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

पोखरा/कास्की क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य विना गुरुङले आफुले सामाजिक सञ्जालमा विकासका बारेमा मागिएको सुझावमा धेरै कुरा आएको बताएकी छन् । उनले निर्वाचित भएपश्चात फेसबुकमातर्फ आफ्नो क्षेत्रमा गर्नुपर्ने कामहरुको बारेमा सुझाव मागेकी थिइन् । उक्त माग गरिएको सुझावलाई प्रपोजलको रुपमा प्रधानमन्त्री बालेन्द्र साहलाई बुझाएकी छन् ।

शनिबार पोखरा आएकी सांसद गुरुङले आफ्नो क्षेत्रमा धेरै काम गर्नुपर्ने भएको र आफुले मागेको सुझावमा वडातह देखी केन्द्र सरकारसम्मले गर्नुपर्ने कामहरु रहेको बताइन् ।

वडा नम्बर ५ ले आयोजना गरेको प्रथम वडा भेलाको सम्बोधन गर्दै उनले आफुले पाएका सबै समस्याको समाधान संघ सरकारबाट मात्रै सम्भव नरहेको बताइन् । तत्काल गर्न सकिने र दीर्घकालिन योजनाहरुलाई आफुले गण्डकी प्रदेशका सांसदहरुसंग प्रधानमन्त्रीको छलफल कार्यक्रममा प्रतिवेदन स्वरुप बुझाएको बताइन् ।

‘धेरै ठाउँबाट साना साना कुराहरु आएका छन् सबै कुरा अहिले समेट्न पनि सकिदैन किनभने यहाँहरुलाइ थाहै छ सरकारको बजेट कम छ तर, अत्यावश्यक र तत्काल गर्नुपर्ने कुराहरुको सम्बोधन हुनुपर्छ भनेर हामीले भनेका छौं’ उनले भनिन्, ‘रातो किताबमा हेरे हाम्रो क्षेत्रका १२ वटा योजना रहेछन् । मैले ति योजनाहरु पनि फेसबुकमा राखेको छु सोही अनुसार सुझाव दिनुहोला ।’

वडाले गर्नुपर्ने र प्रदेशबाट गर्नुपर्ने हुने उनले बताइन् । कसरि छिटो र छरितो सेवा उपलब्ध गराउनुपर्छ भन्ने हिसाबले अघि बढ्ने उनले सुनाइन् ।

उनले आर्थिक वर्ष २०८२।८३ को नेपाल सरकारको रातो किताबमा कास्की क्षेत्र नं. ३ का केही पूर्वाधार योजनाहरू समावेश भएका छन् । ति सबै योजना पुरा गर्न बजेट पर्याप्त नभएको उनले बताइन् ।

गत शुक्रबार उनले फेवाताल जीवनरेखा संरक्षण, सुनियोजित शहरी विकास र पूर्वाधार, पर्यटनमा उच्च मूल्य दिगो र समावेशी मोडेल, कृषि रुपान्तरण तथा ग्रामीण शहरी आर्थिक एकीकरण बारे विस्तृत योजनासहित पेश गरिन् ।

यस्तै पूर्वाधारतर्फ विपद् जोखिम न्यूनीकरण नियन्त्रण र सम्पर्क मार्ग, सुशासन तथा पारदर्शिता, स्वास्थ्य सेवा सुदृढीकरण, शिक्षा तथा सीप विकास, नीतिगत तथा संस्थागत सुधार बारे योजनासहति पेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->