सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्कीमा काँग्रेसको जरा अभियान शुरु

कास्कीमा काँग्रेसको जरा अभियान शुरु


  • ढाेरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

पोखरा/उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देशसहित नेपाली काँग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि शुरु गरिएको छ । नेपाली काँग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा बैठक गरी आवश्यक तयारीसहित अभियान प्रारम्भ गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

कास्कीमा केन्द्रीय प्रतिनिधिका रुपमा पार्टीका केन्द्रीय सदस्य रेशम बाँनिया र महासमिति सदस्य विष्णु पौडेल आएका छन् । अभियान कास्कीका ७२ इकाइसम्म पुग्ने छ । अभियानका क्रममा पार्टीको त्रियाशील सदस्यता अद्यावधिकसँगै वितरण, जनसम्पर्क र जेन्जी युवाहरुसँगको संवाद अघि बढाइने छ । पार्टी सदृढिकरणका लागि अभियान महत्वपूर्ण हुने प्रवत्ता नवीन सिग्देलको भनाइ छ ।

अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि रेशम बहादुर बाँनियाले अभियानसँगै पार्टीले नयाँ गति लिने र महाधिवेशनको वातावरण निर्माण हुने उल्लेख गरे । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय प्रतिनिधि महासमिति सदस्य विष्णु पौडेलले अभियानको सान्र्दभिकताबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->