शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मन्त्री नपाएपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा

मन्त्री नपाएपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा

गण्डकी प्रदेशको मन्त्रिपरिषद् आजै पुनर्गठन भएको हो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८३, बुधबार

पोखरा/पुनर्गठित मन्त्रीपरिषदमा नपरेपछि गण्डकी प्रदेशका सांसद द्रोणकुमार कुँवरले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुँवरले आजै राजीनामा दिएका हुन्। कुँवर नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्। गण्डकी प्रदेशको मन्त्रिपरिषद् आजै पुनर्गठन भएको हो ।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा बैशाख २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्।

उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्। आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->