शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मन्त्री बन्न नपाएपछि राजीनामा दिएका कुँवरले फिर्ता लिए राजीनामा

मन्त्री बन्न नपाएपछि राजीनामा दिएका कुँवरले फिर्ता लिए राजीनामा

‘हिजो बुधवार इमेलमार्फत राजीनामा आएको थियो । प्रदेश सभामा दर्ता भइसकेको थिएन’, सभामुख धितालले भने, ‘सांसद कुँवरले विहीबार फोन गरेर म राजीनामा फिर्ता लिन्छु भन्नु भयो ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८३, बिहिबार

पोखरा / मन्त्रीको सूचीमा आफ्नो नाम नपरेपछि बुधवार इमेलमार्फत राजीनामा दिएका गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले विहीबार उक्त राजीनामा फिर्ता लिएका छन् । सभामुख कृष्णप्रसाद धितालालाई विहीबार टेलिफोन गरी उनले राजीनामा फिर्ता लिएका हुन् ।

सभामुख धितालका अनुसार विहीबार मध्यान्हतिर सांसद कुँवरले टेलिफोन गरी म राजीनामा फिर्ता गर्छु भन्दै प्रक्रिया अघि नबढाइदिन भनेका थिए । ‘हिजो बुधवार इमेलमार्फत राजीनामा आएको थियो । प्रदेश सभामा दर्ता भइसकेको थिएन’, सभामुख धितालले भने, ‘सांसद कुँवरले विहीबार फोन गरेर म राजीनामा फिर्ता लिन्छु भन्नु भयो ।’

मन्त्रीको आकांक्षी रहेका कुँवर मन्त्रिपरिषद्मा नसमेटिएपछि उनले बुधवार सभामुखलाई इमेलमार्फत सांसद पदबाट दिएको राजीनामा पत्र पठाएका थिए । कुँवर बागलुङ २ (२) बाट निर्वाचित कांग्रेस सांसद हुन् । कुँवरले चरम इच्छा राखे पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ २(१) बाट निर्वाचित कांग्रेस सांसद जितबहादुर शेरचनलाई आर्थिक मामिला मन्त्री बनाएपछि उनी रुष्ट थिए ।

मुख्यमन्त्री पाण्डले बुधबार सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसबाट ४४ जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ । एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका छन् ।

यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट जित शेरचन अर्थ मन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->