बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनप्रिय माविमा नवनिर्वाचित समितिको पदस्थापना

जनप्रिय माविमा नवनिर्वाचित समितिको पदस्थापना


  • ढाेरपाटन संवाददाता
  • बैशाख ४ २०८३, शुक्रबार

पोखरा/ पोखरा ८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयमा नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदस्थापना भएको छ ।

निवर्तमान अध्यक्ष परशुराम बरालले नवनिर्वाचित अध्यक्ष ईश्वरप्रसाद सुवेदीलाई पदस्थापना गराउँदै माइन्यूट हस्तान्तरण गरे । व्यवस्थापन समितिमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी, शुष्मा खनाल सिग्देल र वसन्तप्रसाद चालिसे रहेका छन् ।

यसैगरी नवनिर्वाचित शिक्षक अभिभावक संघको अध्यक्षमा केदार धमला रहेका छन । संघका सदस्यहरु कवितादेवी ढकाल रेग्मी, रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ र सपना पराजुलीलाई पदस्थापन गरिएको विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले जानकारी दिए । पदस्थापना समारोहमा पोखरा महानगर वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको प्रगति र उन्नतीको लागि निरन्तर सहयोग गर्न वडा तयार रहेको बताउँदै विद्यालयलाई करोडौं रुपैयाँ आवश्यक परे लगानी गर्न तयार रहेको बताए ।

शिक्षा नियमावली २०७४ को विभिन्न नियम तथा विनियम अनुरुप विद्यार्थीको हितमा विद्यालयले गर्नुपर्ने शैक्षिक गतिविधि अन्तर्गत विद्यालयलाई नमुना बनाउन विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटी आफू विद्यालय व्यवस्थापन समिति तथा संघको सदस्य सचिव भएको नाताले सवै कसरत गर्ने उल्लेख गरेका थिए । पदस्थापन कार्यक्रममा प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याउन विव्यासले पूर्ण सहयोग गर्नेमा आफू विश्वस्त भएको बताए ।

विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेको पदस्थापन कार्यक्रममा प्रतिवद्धता जनाउँदै नवर्निवाचित अध्यक्ष ईश्वर प्रसाद सुवेदीले विद्यालयलाई पूर्ण सहयोग रहने धारणा राखेका थिए । संघ अध्यक्ष केदार धमलाले विद्यालय सधै पहिलो भन्ने मान्यता ग्रहण गर्न शिक्षक तथा कर्मचारीलाई अनुरोध गरे । शैक्षिक सत्र सुरुवातमा पुस्तक वितरण, भर्नां प्रक्रिया तथा अभिभावकको चाहनालाई ध्यान दिदै सरल र सहज ढंगको वातावरण सिर्जना गर्न धमलाले अनुरोध गरेका थिए ।

शिक्षक अभिभावक संघको पहिलो बैठक समेत बसेर विषयगत सुधार गर्ने, महानगरको निर्देशन अनुरुप कक्षा सुचारु गर्ने, शिक्षक तथा कर्मचारीबाट हुने लापर्वाहीलाई न्यूनीकरण गर्ने, अभिभावकको उपस्थिति तथा हेरचाहलाई कडाइ गर्ने, वडा नं ८ मा रहेका राम आधारभूत, जनप्रिय मावि र जनप्रिय क्याम्पसलाई एक आपसमा समन्वय गरेर शैक्षिक क्षेत्रमा नमुना वडा स्थापित गर्ने अभियानलाई अगाडि बढाउने निर्णय भएको संघका अध्यक्ष धमलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->