
पोखरा/ पोखराबाट भैरहवा तर्फ जाँदै गरेको एक यात्रुबाहक बस केही बेर अघि तनहुँको सूर्य नेपाल नजिकै पृथ्वीराजमार्गको सेरा भन्ने स्थानमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा घाइते मध्ये १९ जनालाई अस्पताल पुराइएको छ । ४ जनाको अवस्था गम्भिर भए पनि सबै विवरण आइनसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
ग२ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो । तिब्र गति र अचानक ब्रेक लगाएका कारण गाडी दुर्घटनामा परेको अनुमान गरिएको छ । गाडी सडकमै पल्टिएको छ ।





