शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ब्रम्होत्सव तथा शालग्राम महोत्सव सकियो

ब्रम्होत्सव तथा शालग्राम महोत्सव सकियो


  • ढाेरपाटन संवाददाता
  • बैशाख १२ २०८३, शनिबार

बागलुङ/बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालग्राम संग्रहालयमा रंङ्गवैकदेश मुक्तिनायाण भगवानको ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । महोत्सव अवधीभर सामुहिक गिता वाचन, पुजाअर्चना, प्रवचन, भजनकिर्तन, रथयात्रा लगायकका कार्यक्रम भएका थिए ।

महोत्सवमा नेपालका विभिन्न जिल्ला लगायत भारतीय भक्तजनले मन्दिरको दर्शनसंगै श्रीधराचार्य शालग्राम संग्रहालयको अवलोकन गरेको मन्दिर व्यवस्थपन समितिका अध्यक्ष तथा शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

महोत्सवमा कालिगण्डकी र शालग्रामको महत्व वारे विशेष चर्चापरिचर्चा गरिएको स्वामी प्रपन्नाचार्यले बताए । सुरुङ निर्माण गरी संग्रहित गरिएका सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रुपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भिड लाग्ने गरेको छ ।

बाघको मुखाकृति निर्माण गरी एउटा गुफामा संग्रहित गरि राखिएका सवालाख शालग्राम र दामोदरकुण्ड देखी त्रिवेणीधाम सम्मका महत्वपुर्ण तिर्थस्थल बारे नामाकरण गरिएको संग्रहालय धार्मिक पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ ।

केही दिनअघि मात्र दिल्लीको अक्षरधाम बाट आउनुभएका स्वामी मुनिवत्सल सहित ५ सय बढि भारतिय तिर्थयात्रीले एकैदिन शालग्राम संग्रहालयको दर्शन गरेका थिए । सो अवसरमा स्वामी मुनिवत्सलले भारतमा अनेकौ तिर्थस्थल भएपनि बागलुङमा जस्तो शालग्राम संग्रहालय नभएको बताउनुभएको थियो । गत आर्थिक वर्षमा एक लाखभन्दा बढी पर्यटकले शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->