आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हिजो उत्कृष्ट, आज घुससहित पक्राउ

हिजो उत्कृष्ट, आज घुससहित पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८३, सोमबार

पोखरा/अख्तियारले कास्की प्रहरीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार विष्णु थापालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनी सम्मानित भएका हुन् ।

अख्तियारले शनिबार साँझ लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस डिल गरेका उनलाई शनिबार ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ती हवल्दार गएको पुसमा उत्कृष्ट प्रहरी घोषित भएका थिए । उनलाई उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको थियो ।

उनीविरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी छ । थापा विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->