आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अन्नपूर्ण एफएमको रजत महोत्सवमा २५ जनालाई सम्मान

अन्नपूर्ण एफएमको रजत महोत्सवमा २५ जनालाई सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८३, सोमबार

पोखरा/रेडियो अन्नपूर्णको रजत वर्ष विशेष कार्यक्रमसम्पन्न भएको छ । रजत वर्षको अवसर पारेर रेडियोलाई विभिन्न क्षेत्रमार्फत् सहयोग पु¥याएका २५ जना एक साथ सम्मानित भएका छन् । कार्यक्रम मार्फत संगीत, साहित्य, समाजसेवा, स्वास्थ्य, पत्रकारिता खेलकुद, विधाका २५ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रले समाजमा नकारात्मकता भन्दा सकारात्मक सोच र भावना फैलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले लोकतन्त्रको स्थायित्व र आगामी पुस्ताका लागि स्वस्थ समाज निर्माण गर्न मिडियाको भूमिका महत्ववपूर्ण हुने बताए ।

मुख्यमन्त्री पाण्डेले संघीय सरकारले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन उपलब्ध नगराउने गरी गरेको परिपत्रप्रति असहमति व्यक्त गरे ।

पछिल्लो समय सामाजिक सञ्जालमा आउने सबै सूचनाहरू समाचार नभएको र ती सबै सत्य नहुने उनको भनाइ थियो ।

रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले रेडियो जानि नजानि खोलिएकोमा हाल कमाउने भन्दा समाजिक सेवामा तल्लिन रहेको बताउँदै यो सेवा कायम रहने बताए ।

प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियो स्थापना सगैँ हाल सम्म धेरै चुनौतिको सामाना गदै यो अवस्थामा आएको बताइन् ।

सँस्थापक स्टेशन म्यानेजर प्रकाश सायमीले रेडियोको स्थापनाकालका कुराहरु सुनाए । रेडियोजहिले पनि बाँचिरहने साधन भएकोले हतोत्साहि हुनुपर्ने जरुरी नभएको बताए ।

रेडियोका समाचार प्रमुख आरजु बिष्टले रेडियो स्थापना सहित समाचार प्रसारण गर्दाको समय स्मरण गराए ।

कार्यक्रममा पूर्व अन्नपूर्णकर्मी दिपेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले रेडियोमा काम गर्दाको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->