आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य


  • ढाेरपाटन संवाददाता
  • बैशाख १४ २०८३, सोमबार

लेखनाथ/पोखरा महानगरपालिका–२७, को खोलाकोडीस्थित सिद्धेश्वर क्षेत्र सुधार समितिले अकालमा ज्यान गुमाएकाको सम्झनामा सामूहिक पितृकार्यको आयोजना गरेको छ ।
समयको अभाव, घरमा पर्याप्त स्थानको कमी तथा आर्थिक कठिनाइका कारण व्यक्तिगत रूपमा पितृकार्य गर्न नसकेका समुदायलाई लक्षित गर्दै खोलाको डिलस्थित गडुवा खोला किनारमा सामुहिक पिर्तकार्य गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल र नेपालीको मौलीक संस्कृतको संरक्षण र जनमानसमा धर्मका वारेमा जानकारी गराएन यस प्रकारको कार्यक्रम फलदाई हुने विश्वास दिलाएका थिए । आचार्यले यस क्षेत्रमा धार्मीक पर्यटनको विकास गराउन लागि खोला किनारमा उचित ठाउको खोजी गरि तलाव तथा पोखरी निर्माण गर्न स्थानीयलाई आग्रह गरे ।

कार्यक्रममा मन्दिरका मुल पुजारी तथा कार्यक्रम संयोजक नन्दलाल पौडेलले सामूहिक रूपमा पितृकाय गर्दा स्थानीय मठ मन्दिरको संरक्षण हुने र धार्मिक क्षेत्रहरूको संरक्षणमा टेवा पु¥याउनु विचार राखेका थिए ।

यस्तै सस्थाका अध्यक्ष धननाथ पौडेलले पछिल्लो समय परम्परागत संस्कारहरू क्रमशः हराउँदै गएको सन्दर्भमा सामूहिक रूपमा यस्ता धार्मिक क्रियाकलाप सञ्चालन गर्दा सामाजिक एकता, सहकार्य र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन शनिवार कलश यात्रा निकालीएको थियो भने विन्ध्यवासिनी, केदारेश्वर, कुपुटार, पशुपतिनाथ, मुक्तिनाथ लगायतका धार्मिक स्थलहरू तथा कालिका भगवती मन्दिर, खास्टेताल बराही मन्दिर र चन्द्रकालिका मन्दिरसँग समन्वय गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङ, वडा नं. २६ का नरेन्द्र थापा, लेखनाथ उद्योग बाणिज्य संंघका अध्यक्ष जानुका अधिकारी, लायन्स क्लवको तर्फबाट विष्णु लामिछाने, लेखनाथ बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लेखनाथ सापकोटा, टोल विकास संस्थाको तर्फबाट कृष्णदेवी अधिकारी, सृजना महिला समुहका अध्यक्ष सुजना जिसी लगाएतले आ–आफनो धारणा राखेका थिए ।

प्रचार–प्रसार संयोजक शिव प्रसाद भण्डारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विश्वराज आचार्यले गरेका थिए । यस किसिमको सामूहिक पितृकार्य कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा व्यस्त जीवनशैली भएका परिवारहरूलाई ठूलो राहत मिलेको विश्वास गरिएको छ ।

२०६४ सालमा स्थानिय धननाथ पौडेल, स्व.नन्दलाल राईभाट, ज्ञानेन्द्र अधिकारी, गोविन्द अधिकारी र नन्दलाल पौडेलको सक्रितामा स्थापना भएको मन्दिरलाई ब्यवस्थित र प्रभावकारी वनाउनका लागि पनि यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने अपेच्क्षा गरिएको छ ।

दुई दिनसम्म चलेको धार्मिक कार्यमा दिव्यदर्शन वाचक शिरोमणि पण्डित दिपक सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->