शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

१३ वर्षअघि कारागारबाट फरार अभियुक्त पक्राउ

१३ वर्षअघि कारागारबाट फरार अभियुक्त पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८३, मंगलबार

पोखरा/ जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कारागार कार्यालय कास्कीबाट फरार रहेका ३२ वर्षीय हेम कुमार तामाङलाई पुनः नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार तामाङ १३ वर्ष १ महिना १० दिनको कैद सजाय भुक्तान गरिरहेका थिए। उनी २०७० माघ १२ गते कारागारबाट फरार भएका थिए। कास्की जिल्लाको मादी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१३, बाघमारामा बस्दै आएका तामाङलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सोमबार पोखरा–१३ स्थित दुई कुलाको मुहानबाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी एव्र निरीक्षक हरिबहादुर बस्नेतले बताए । प्रहरीले फरार अभियुक्तहरूको खोजी तथा नियन्त्रणलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->