आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अध्यादेशप्रति नेपाली कांग्रेसको आपत्ति

अध्यादेशप्रति नेपाली कांग्रेसको आपत्ति


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८३, मंगलबार

काठमाडौं/ सरकारकाले संसद बैठक स्थगीत गरेर अध्यादेश ल्याइएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशले लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।

‘संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ ।’ विज्ञप्तिमा यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायिकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण रहेको उल्लेख गरिएको छ ।

‘यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ,’ विज्ञप्तिमा छ । यस्तै सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसले ठहर गरेको छ ।

विशेषत संवैधानिक परिषद् जस्तो संवेदनशील निकायमा प्रस्तावित संरचनागत परिवर्तनप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । ‘यसले निर्णय प्रक्रियालाई सीमित व्यक्तिहरूमा केन्द्रीत गरी प्रणालीलाई कमजोर बनाउने, विपक्षी सहभागिता बिना एकतर्फी नियुक्तिको सम्भावना बढाउने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि प्रतिकूल प्रभाव पार्ने देखिन्छ ।’ विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->