आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फेवा जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन गरिने

फेवा जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन गरिने

बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकीले तयार पारेको फेवा संरक्षित जलाधार क्षेत्र व्यवस्थापकीय कार्ययोजना(२०२२–३१) लाइ अद्यावधिक तथा परिमार्जन सहित कार्यान्वयन गर्ने सुझाब समेत दिइएको समितिका संयोजक लिलाधर पौडेलले बताए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८३, बिहिबार

पोखरा/पोखराको फेवाताल संरक्षित जलाधार व्यवस्थापकिय कार्ययोजना कार्यान्वयन गरिने भएको छ । जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले सो निर्णय गरेको हो ।

नेपाल सरकारले २०८२ चैत्र १३ गते जारी गरेको सयबुँदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६ मा फेवा संरक्षित जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने भनिएपछि समितिले निर्णय गरेको हो ।

समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले नवगठित सरकारले फेवा संरक्षित जलाधार क्षेत्रको प्रभाबकारी संरक्षण तथा ब्यबस्थापनको बिषयलाई उच्च महत्व दिई शासकीय सुधारको १०० बुंदे कार्ययोजनामा समाबेश गरेकोमा धन्यबाद ज्ञापन गरेको छ ।

बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकीले तयार पारेको फेवा संरक्षित जलाधार क्षेत्र व्यवस्थापकीय कार्ययोजना(२०२२–३१) लाइ अद्यावधिक तथा परिमार्जन सहित कार्यान्वयन गर्ने सुझाब समेत दिइएको समितिका संयोजक लिलाधर पौडेलले बताए ।

यसअघि बन तथा भू संरक्षण बिभागका उप महानिर्देशक उद्धबबहादुर घिमिरेको संयोजकत्वमा गठित कार्यदलले फेवा जलाधार क्षेत्रको स्थलगत अध्ययन गरि जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीका पदाधिकारी तथा सरोकारवाला निकायहरूबीच अन्तरक्रिया सम्पन्न गरेको थियो ।अन्तरक्रियामा भू तथा जलाधार बिज्ञ रामदीप थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र उपर बिज्ञ सदस्य डा.
प्रेम पौडेल,साबिक जिल्ला विकास समिति कास्कीका सभापाति पुण्य प्रसाद पौडेल, पोखरा उपत्यका नगर बिकास समितिका पूर्ब अध्यक्ष विश्वप्रकाश लामिछाने, नागरिक समाजका अगुवा रामबहादुर पौडेल सहितका सरोकारवालाहरूले टिप्पणी तथा सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->